काठमाडौँ, २ माघ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट मुलुक र राजनीतिक दल नबन्ने बताएका छन् । कांग्रेसलाई एक बनाउन नसकेको प्रसङ्गमा आफ्नो आलोचना भएको भन्दै यस्ताे बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘एउटै रेलमा सबै सँगै अघि बढौँ भन्ने चाहना थियो । यात्रु बोलाउँदै–बोलाउँदै रेल भने हिँडिसक्यो । यही तरिकाले अघि बढिरहँदा दुवै रेल यात्रुविहीन हुन सक्छन् । त्यसपछि मात्र बुझिन्छ— “सँगै हिँडौँ” भन्ने धारणा वास्तवमा के हो । त्यस दिन पुष्टि हुनेछ— हाम्रो प्रयास स्वार्थबाट होइन, व्यक्तिगत लाभका लागि होइन, सत्य र जिम्मेवारीबाट जन्मिएको थियो । मलाई व्यक्तिगत रूपमा जे भने पनि मलाई केही लाग्दैन । मैले विगतमा कृष्ण जी र गिरिजाबाबु, गिरिजाबाबु र शेरबहादुर जीबीचको कठिन समन्वयमा भूमिका खेलेँ— कहिल्यै कुनै नकारात्मक भावना आएन । तर आज – चारैतिर विकृति मात्र देखिन्छ । आज एउटा गहिरो प्रश्न उब्जिएको छ— – हाम्रो नेपाली पाठ्यक्रम र सामाजिक नैतिक शिक्षाको दिशा नै उल्टो त परेन ? – सत्य र असत्य छुट्याउने विवेक किन हराउँदै गयो ? सत्य नबुझी, जिम्मेवारी नबोकी, गालीलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ, न कुनै पार्टी । निर्वाचनको मुखमा यस्तो यदुवंशी विनाश ! के बहादुरहरू ले गर्ने राजनीति यही हो ? – आफ्नै घर भत्काएर जनताको विश्वास जितिन्छ भन्ने भ्रम कसले रोप्यो ? – सत्य, अनुशासन र जिम्मेवारी विना न पार्टी बलियो हुन्छ, न मुलुक र न लोकतन्त्र सुरक्षित रहन्छ।समय अझै छ—एक पटक सोचौं !!! विवेकमा फर्कौं, विनाश होइन, निर्माण रोजौं। मनन् गरौं – दोषी हामी सबै छौं !!!’










प्रतिक्रिया दिनुहोस्