राजनीति

कांग्रेस नेता कनौडिया एमालेमा प्रवेश



काठमाडौँ, ३ माघ  । कपिलवस्तुको क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । कनौडिया यसअघि लुम्बिनी प्रदेश संसदीय दलको नेता समेत थिए।

आज दिउँसो काठमाडौँमा कनौडियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् । अध्यक्ष ओलीबाट सदस्यता ग्रहण गर्दै आजदेखि आफू एमालेमा प्रवेश गरेको उनले  बताएका छन् । उनले पछिल्लो समय कांग्रेसमा किचलो रहेको र  क्षेत्र नम्बर ३ मा एमालेबाट टिकटको सुनिश्चित भएपछि सो पार्टीमा प्रवेश गरेको जानकारी दिए ।

उनले भने, ‘जिल्लामा कांग्रेसको किचलोमा फस्नुभन्दा एमाले मै रहन उचित लागकोले प्रवेश गरेको हुँ ।’