समाचार

प्रहरीका ११ जना एसएसपीको सरुवा



काठमाडौँ, ४ माघ । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले एसएसपी सरुवाको निर्णय गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा वसन्त रजौरेलाई पठाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा सन्तोष खड्कालाई सरुवा गरिएको छ । काठमाडौँ उपत्यकामा हुने ठुला अपराध अनुसन्धान गर्ने सो युनिट महत्त्वपूर्ण मानिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएको छ ।

विमानस्थलमा कार्यरत सोमेन्द्र सिंह राठौरलाई पनि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको छ । प्रहरी हेड्क्वार्टरमा कार्यरत श्याम कुमार महतोलाई नेपालगन्ज स्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको छ  । महेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय स्थित कानुन तथा मानव अधिकार महाशाखामा सरुवा गरिएको छ ।

केदार खनाललाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, दीपक पोखरेललाई नेपाल प्रहरी प्रदेश कार्यालय रुपन्देही, दीप शमशेर जबरालाई प्रहरी महानिरीक्षकको सचिवालय र नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । विमल राज कँडेललाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।