काठमाडौँ, ५ माघ । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । महासंघ सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।










प्रतिक्रिया दिनुहोस्