काठमाडौँ, ५ माघ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजदेखि कल सेन्टर स्थापना गरेको छ ।
आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो । निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगले जनाएको छ ।
कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिने र समय क्रमश: थपिँदै लगिने भएको छ । आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ । नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा रहनुपर्ने छैन ।
आजदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने छ ।










प्रतिक्रिया दिनुहोस्