जनकपुरधाम, ५ माघ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
आज उनले प्रदेशसभाका सभामुख रामअशीष यादवलाई राजीनामापत्र बुझाएका हुन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट उनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वाभिमान पार्टीबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
उनी जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए । पछि तिक्तता बढेपछि आफ्नै पार्टीले सिंह नेतृत्वको सरकार ढाल्न कसरत गरेको थियो । उनलाई पार्टीले फिर्ता बोलाउँदा पनि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिएनन् । अन्तिममा विश्वासको मत लिने बेला उनले प्रदेशसभामा राजीनामा घोषणा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्