राजनीति

वामदेव गौतमको टिकट खोसियो



काठमाडौँ, ५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमको टिकट खोसिएको छ । 

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतमको बर्दिया–१ को टिकट खोसेका हुन् । गौतमले बर्दियाको २ मध्ये १ क्षेत्रमा मधेसका नेतालाई उठाउँदा हुने सुझाव दिँदा टिकट गुमेको बताए । 

गौतमले उमेदवार बन्न आइतबार नै राष्ट्रियसभाबाट राजीनामा दिएका थिए । गौतमले प्रचण्डलाई पत्र पठाएका छन् ।  प्रचण्डले गौतमलाई आइतबार टिकट दिएका थिए । अब चुनाव उठ्ने बताए । 

उनी भन्छन्, “मलाई जुन क्षेत्रमा राख्नुभयो, पहिला पनि उठेको हुँ, राम्रै थियो । २ नम्बर क्षेत्रमा उहाँले आफ्ना सहयोगीलाई लगेर उठाउनुभयो । त्यसो नगर्नुस्, त्यहाँ मधेसी मूलका उमेदवार उठाऔं भनेको थिएँ । तपाईंको टिकट भनेर हिजो दिनुभएको थियो । मैले दुवै क्षेत्रमा पहाडी मुलका उमेदवार भएपछि चुनाव हराउने तरिका हो कमरेड भनेको थिएँ । तपाईं उठ्ने भए उठ्नुस्, नउठेन भए जानुस् भन्नुभयो । अब म अन्तबाट चुनाव उठदिनँ ।”