राजनीति

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी



काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको कदम सफल भएको बताएका छन् ।

गगन थापालाई सभापतिका रुपमा सबैले स्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा सक्रिय नेता भण्डारीले यस्तो बताएका हुन् । उनले सबै नेता एउटा चुनाव चिह्नमा निर्वाचनमा जान तयार हुनु ठुलो उपलब्धि भएको उल्लेख गरेका छन् । नेता भण्डारीले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई विशेष महाधिवेशनले प्रमाणित गरेको बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘युवा नेतृत्वको पहिलो कदम सफल । जसले जसलाई जुन शब्दले सम्मान गरे पनि, सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिन्हमा जानु वर्तमान परिवेशमा नेपाली कांग्रेसको ठूलो उपलब्धि हो । यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसा लाई प्रमाणित गर्दछ। हाम्रो प्रयास सफल भएको छ। अब आवेगमा होइन, सबै मिलेर समाल्नु पर्दछ ।’