काठमाडौँ, ६ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई परास्त गर्ने संकल्प गर्न आव्हान गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको उम्मेद्वार मनोनयन गर्ने दिन आज भएकाले यो निर्वाचन सामान्य नभई जनमत संग्रह जस्तै भएको उल्लेख गर्नुभयो ।
आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले भन्नुभएको छ, ‘आज मनोनयन दर्ताको दिन । यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत संग्रह हो । हिंसाको विरुद्ध शान्तिको, अराजकताको विरुद्ध अनुशासनको, विध्वंसको विरुद्ध निर्माणको छनौट हो । संविधान र लोकतन्त्रका पक्षमा प्रतिगमनविरुद्धको जनमत संग्रह हो । आउनुहोस् यस अवसरमा नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई परास्त गर्ने संकल्प गरौ ।’










प्रतिक्रिया दिनुहोस्