काठमाडौँ, ७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरिएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि ६८ राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, ३९५ महिला उमेदवारले उमेदवारी दर्ता गराएका छन् । यसमा राजनीतिक दलको तर्फबाट २३५ र स्वतन्त्रबाट १६० महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
देशभर ३४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएकामा तीन हजार ८८ पुरुष र अन्य एक उम्मेदवार छन् । राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।










प्रतिक्रिया दिनुहोस्