काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनहरूमा सीसी क्यामेरा जडानको सुरुवात गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रम गर्दै उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूमा सीसी क्यामेरा र ड्यासबोर्ड क्यामेरा जडानको सुरुवात गरेको हो ।
सार्वजनिक सवारीभित्रै चोरी तथा अभद्र व्यवहारहरू हुने गरेको गुनासो आएपछि सीसी क्यामेरा जोड्ने अभियान चलाइएको ट्राफिक प्रहरीले बताएको छ । यस्ता क्यामेरा जडानले दुर्घटना कसरी, के कारण भयो भन्ने पत्ता लगाउन पनि सहज हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्