राजनीति

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन



काठमाडौँ, ८ माघ । निवर्तमान शिक्षामन्त्री महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बनाउन नयाँ नेता मिल्नुपर्ने बताएका छन् ।

आज सामाजिक संजाल फेसबुकमा लेख्दै नयाँ नेता नमिलेमा नयाँ मान्छे प्रधानममन्त्री बन्न नसक्ने उनको भनाइ छ ।

रातारात मन्त्री पदबाट राजीनामा बुझाएर म्याग्दीमा पुगेका पुनले प्रतिनिधिसभा सदस्यका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले नयाँ नेताले नयाँ मान्छेलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन् ।