अर्थ

सेयर बजार ९.२३ अङ्कले बढ्यो



काठमाडौँ, ८ माघ । आज सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सुधार देखिएको छ । यो दिन नेप्से ९.२३ अङ्कले बढेर २७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो । 

बजार बढेसँगै कारोबार रकममा उल्लेख्य रहेको छ । आज दिनभरिमा कुल ३३२ कम्पनीका १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कुल १६२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज तीन वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले मूल्य बढ्ने कम्पनीहरूमा एसवाई प्यानल, श्रीनगर एग्रोटेक त्रिशुली जलविद्युत कम्पनी रहेका छन् । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।