राजनीति

विवाद सकियो, अब चुनावमा लागौँ : शेखर कोइराला



काठमाडौँ, ८ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष र नियमित महाधिवेशनको विवाद छाडेर अब निर्वाचनमा होमिनुपर्नेमा जोड दिएका छन् ।

आक मोरङ निर्वाचन क्षेत्र नम्बर–६ मा कार्यकर्तासँगको भेटमा उनले अब सम्पूर्ण कांग्रेस एक भएर चुनाव जित्नुुपर्ने समय आएको बताएका हुन् ।

उनले भने, “विशेष महाधिवेशन पार्टीको प्रक्रिया हो,” “आज डा. डिला संग्रौला (विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी)जी र म एकै स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिडिरहेका छौँ । त्यसैले महाधिवेशनको विषयमा अल्झने समय अब छैन ।”

उनले पार्टीलाई फुटबाट जोगाउन आफू मध्यमार्गी भूमिकामा उभिएको बताए । “म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुनसक्थ्यो,” उनले भने, “त्यसैले पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो ।”