समाचार

कालीकोटमा एक जना मृत फेला



काठमाडौँ, ९ माघ । कालीकोटमा एक जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार कालीकोटको पलाता गाउँपालिका-४ धौलागाउँमा एक जना मृत फेला परेका हुन् ।

कालीकोटको पलाता गाउँपालिका धौलागाउँकी ४५ वर्षीया मोती रोकाया आफ्नै गोठमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।