काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ ।
दुई ठाउँमा गरी करिब ३ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ रूद्रमती टोल गल्फुटार डेरा गरी बस्ने झापा कमल गाउँपालिका-८ घर भएकी ३२ वर्षीया सुमिना कार्कीको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।
यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोका डेरा गरी बस्ने महाङ्काल गाउँपालिका-२ घर भएकी सुमिना तामाङको कोठाबाट सुनको सिक्री र नगद समेत गरी करिब १ लाख ४ हजार ६ सय रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्