काठमाडौँ, १० माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट गएराति घाइते भएका गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्