काठमाडौँ, १० माघ । कांग्रेस सभापति गगन थापाले परिवर्तनको सन्देश लैजानुपर्छ भनेर नेतृत्वलाई पटकपटक हात जोड्दा र औंला उठाएर प्रश्न गर्दा पनि नसुनेपछि हस्तक्षेप गर्नुपरेको बताएका छन् ।
आज युवाहरूसँगको छलफलका क्रममा बोल्दै उनले यो सामान्य अवस्था भने नभएको बताए । ‘जेनजी आन्दोलनमा परिवर्तनको मुद्दा उठ्यो, त्यसलाई नेतृत्वले सुन्नुपर्थ्यो,’ उनले भने ।
काठमाडौं-४ मा पटकपटक निर्वाचन लडेको र विजयी भएको भन्दै उनले आफू जानेबुझेरै मधेश झरेको उनले बताए । उनले भने, ‘मेरो उम्मेदवारी काठमाडौँ कि सर्लाही भनेर टुंगो नलागेसम्म अरु पार्टीले पनि उम्मेदवार छान्न सकेनन्,’ ‘अघिल्लो पटक नै मधेश जाने सोच बनाएको थिएँ तर त्यसबेला आँट गर्न सकिँन । जबसम्म मुखले होइन आत्माले मधेशसँग जोड्दैन तबसम्म सिंगो नेपालको हुन सक्दिनँ ।’










प्रतिक्रिया दिनुहोस्