काठमाडौँ, ११ माघ । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा०१-००४क ३१८१ नम्बरको ट्रकले ठक्कर दिँदा इटहरी-४ का साइकलयात्री ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।
चालकलाई इलाका प्रहरी कार्यलय इटहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्