Banner News

आजको मौसम



काठमाडौँ, १२ माघ । हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।

दिउँसो देशका  हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।