Banner News

सरकार र जेनजीबीच सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’



काठमाडौँ, १२ माघ । सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासको क्रमसंख्या ‘च’ मा रहेको पेसी ’हेर्न नभ्याइने सूचीमा’ राखिएको छ ।

सो इजलासमा आज तीन वटा मुद्दामा सुनुवाइले लामो समय लागे पछि च देखि तलका सबै मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

सर्वोच्च अदालतले यसअघि सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताको सक्कल फाइल झिकाउन आदेश जारी गरेको थियो ।