काठमाडौँ, १३ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताएका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘आजको देशभक्तिको विषय’ भन्दै नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने,तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने बताएका हुन् ।
उन्ली भनेका छन्, ‘राष्ट्र जोगाउनु भनेको गौरवपूर्ण नेपाली पहिचान जोगाउनु हो,संविधान जोगाउनु भनेको समावेशिता जोगाउनु हो,सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनु भनेको भविष्य जोगाउनु हो’,‘समस्या राजनीतिक अस्थिरतामा छ । सामाजिक अराजकतामा छ ।’










प्रतिक्रिया दिनुहोस्