समाचार

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, १३ माघ । चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको हो ।

सोमबार उनलाई गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट गम्भीर घाइते भट्टराईको उपचारका क्रममा सोमबार राति चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।