राजनीति

सुदूर अब दूर नाई : बालेन शाह



काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह यतिबेला सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् ।

मंगलवार सुदूर तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधिमा सहभागी भएपश्चात आज बिहानै पहाड चढेका छन् ।

यसैक्रममा उनी अहिले डडेलधुरामा पुगिसकेका छन् । बालेन सुदूर पहाड चढ्दा बाटोमा हिउँ पनि परिरहेको छ ।

यसैक्रममा बालेनले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै त्यसको क्याप्सन डोटेली भाषामा लेखेका छन् । ‘सुदूर अब दूर नाई,’ क्याप्सनमा उनले लेखेका छन्,‘झिक्कै–झिक्कै माया तम्लाई!’