भक्तपुर, १५ माघ । भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बुधबार राति कमलविनायकबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । त्यसपछि विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा परेर स्कुटर चालक भक्तपुर नगरपालिका वडा नं.८ निवासी वर्ष २६ का बिमल वनमाला उपचारकै क्रममा भक्तपुर अस्पतालमा मत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं. ७ इनाचोका २४ वर्षीय का राजेश वनमाला घाइते भएका छन् । उनको ललितपुरस्थित बी एन्ड बी अस्पताल उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्