काठमाडाैँ, १५ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बीमा कार्यक्रमका लागि महिनाको दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले रकम भुक्तानी गर्नसक्ने अवस्था नरहेको बताएकी छन् ।
गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सव कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले चालु आ.व.मा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बीमाका लागि बजेट नै नभएको बताइन् । उनले बीमाका लागि विनियोजित बजेट भन्दा बढी रकम बीमामा दाबी हुन थालेको बताइन् ।
स्वास्थ्यकर कोषमा प्राप्त हुने रकम ऐनले नै २५ प्रतिशत स्वास्थ्य करलाई दिने भनेर किटेको भएपनि अहिलेसम्म प्राप्त गर्न नसकेको बताइन् ।










प्रतिक्रिया दिनुहोस्