काठमाडौँ, १८ माघ । सङ्खुवासभामा आपसी विवादका क्रममा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शनिबार चैनपुर नगरपालिका–१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँका ५९ वर्षीय शिव कुमार राई पक्राउ परेका हुन् ।
दुई पक्षबिच भएको सामान्य भनाभनले उग्र रूप लिँदा शिव कुमारले लीला प्रसादमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरीको चोटका कारण लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने अभियुक्तलाई हिरासतमा राखेर कानुनी प्रक्रिया अगाडि बढाइएको छ।










प्रतिक्रिया दिनुहोस्