काठमाडौँ, १८ माघ । कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हो । बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
शव सड्न लागेको अवस्थामा भएका कारण पहिचान गर्न असहज भएको छ । शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्