अर्थ

प्याजको मूल्य घट्यो



काठमाडौँ, १८ माघ । बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजको मूल्यमा गिरावट आएको हो ।

एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । १० माघमा प्याज प्रतिकिलो न्यूनतम ४२ देखि अधिकतम ४३ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।

पुस अन्तिम साता प्याज प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ र औसत ५१ रुपैयाँमा किनबेच भएको थियो ।

मंसिर अन्तिम साता सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।