अर्थ

नेप्से सूचक १९.८५ अङ्कले घट्यो



काठमाडौँ, १८ माघ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से सूचक आज ओरालो लागेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १९.८५ अङ्क ले घटेर २६९४.२० विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजारमा उतारचढावका बिच कारोबार रकम भने उत्साहजनक देखिएको छ । दिनभरमा ३२९ कम्पनीका २ करोड २० लाख ६० हजार कित्ता सेयर किनबेच भएका छन् । जसबाट कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ९.७० प्रतिशतले बढेको छ । त्यस्तै, क्रेस्ट माइक्रो लाइफको मूल्य ८.१९ प्रतिशत र एनआईबीएल ग्रोथ फण्डको मूल्य ६.५१ प्रतिशतले वृद्धि भएको छ ।