काठमाडौँ, १९ माघ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले तराई भूभागका थोरै स्थानमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात रवर्षाको सम्भावना रहेकाले ती भूभागमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्