काठमाडौँ, १९ माघ । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ ।
अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल ट्रेडर्सलाई रु १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई रु १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई रु पाँच हजार जरिवाना गरेको हो ।
त्यसैगरी चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।










प्रतिक्रिया दिनुहोस्