काठमाडौँ, १९ माघ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ ।
अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिन लागेको हो । विद्यालय बाहिर रहेका सोही उमेर समूहका किशोरीहरूलाई समेत खोपको पहुँचमा ल्याइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्