राजनीति

चुनाव हुन्छ, संसद् पुनःस्थापना हुँदैन : उपसभापति शर्मा



झापा, २० माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने’ बताएका छन् ।

नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नं. २ को आयोजनामा सोमबार विर्तामोडमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने चुनावमा पूर्णशक्तिका साथ होमिन पार्टी पङ्क्तिलाई आग्रह गरे ।

उनले भने, “विघटित संसद् पुनःस्थापना हुँदैन । अदालती सुनुवाइ प्रक्रिया लामो हुन्छ । त्यसैले तोकिएको मिति फागुन २१ मा चुनाव हुन्छ ।”