काठमाडौँ, २० माघ । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार टीकापुर नगरपालिका-७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा आज बिहान टीकापुरबाटै भजनीतर्फ जाँदै गरेको भे१त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको छ ।
दुर्घटनामा ट्रलीमा सवार भजनी नगरपालिका-७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ । ट्याक्टर चालक २७ वर्षीय सहिराज अली फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्