समाचार

सशस्त्रमा अब राजीनामा, बिदा र रवाना बन्द 



काठमाडौँ, २० माघ । सशस्त्र प्रहरीले प्रतिनिधिसभा निर्वाचन अगाडि राजीनामा स्वीकृति, रवाना र बिदा बन्द गर्ने निर्णय गरेको छ । 

सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार फागुन २१ मा सम्पन्न हुने निर्वाचन भन्दा अगाडी बिदा स्वीकृति र सरुवा भएकाहरूलाई रवाना लिन रोक लगाइएको हो । निर्वाचन अगाडि राजीनामा स्वीकृति पनि नगर्न सम्पूर्ण युनिटहरूमा सर्कुलर गरिएको छ ।

माघ १९ मा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सो सर्कुलर गरेको हो । सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा केन्द्रित गर्नुपर्ने हुनाले सो निर्णय गरिएको डीएसपी थापाले बताए ।