काठमाडौँ, २२ माघ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्