काठमाडौँ, २२ माघ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् ।
झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।
देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी एमाले भएको उनले बताए । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धनको नेतृत्व गर्ने पार्टी भएको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्