अर्थ

८ सहकारीलाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम



काठमाडौँ, २२ माघ । काठमाडौँ महानगरपालिकाले विभिन्न सहकारी संस्थाहरूलाई बहालमा लिएको घर तथा कोठा खाली गर्न अल्टिमेटम दिएको छ । 

८ सहकारी संस्थालाई घर खाली गर्न यसअघि आग्रह गरिए पनि अटेरी गरेको भन्दै महानगरले ७ दिनको अल्टिमेटम दिएको हो ।  तोकिएको समयमा घर खाली नगरे काठमाडौँ महानगरपालिकाले कानुन अनुसार आवश्यक कारबाही गर्ने चेतावनी दिएको छ।