काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आगामी फागुन २१ गते हुने निर्वाचनाले परिणाम आउने तर देशको समस्या समाधान भने नआउने बताउनुभएको छ ।
एउटै पुस्ताले तीन पटक आन्दोलन गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा बनेको सरकारले समेत एक कार्यकाल पुरा गर्न नपाएको स्मरण गर्दै उहाँले लोकतान्त्रिक व्यवस्थामा पनि दुई पटक संसद बाहिरको सरकार बन्नु समस्या भएको बताउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘एउटै पुस्ताले तीनपटक लडेर स्थापना गरेको लोकतान्त्रिक संसद र सरकारले एक कार्यकाल पनि पुरा गर्न पाएन।०६४ पछि दल र नेता नै निर्णायक रहेका बेलामा समेत दुई पटक संसद बाहिरबाट सरकार बने । किन रु फर्केर नहेर्ने हो भने फेरि उहि नियतिको पुनरागमन मात्र हो-यो चुनाब पनि । परिणाम आउछ -समाधान आउदैन ।’










प्रतिक्रिया दिनुहोस्