काठमाडाैँ, २३ माघ । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय निकुञ्जसम्बन्धी विद्यमान ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन् ।
आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरू डा. अञ्जान शाक्य, सुमित्रा बिसीलगायतका सांसदहरूले सो ऐन समयअनुकूल हुनेगरी तत्काल संशोधन गर्न सरकारलाई सचेत गराएका हुन् ।
सांसद शाक्यले वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण प्रणालीलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले राष्ट्रिय निकुञ्ज सम्बन्धी ऐनलाई आजको आवश्यक्ता अनुसार व्यापक संशोधन गरेर अघि बढनुपर्ने जरुरी रहेको बताइन् ।
वन्यजन्तुबाट हुने क्षति राहत प्रणालीलाई सरल बनाई ३० दिनभित्र सिधै बैंक खातामा पुग्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।










प्रतिक्रिया दिनुहोस्