काठमाडौँ, २४ माघ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले भारतले नेपाललाई गर्दै आएको प्राविधिक तथा आर्थिक सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।
भारतीय दूतावासले शुक्रबार आयोजना गरेको ‘६१औँ भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’मा उनले नेपालको विकासमा भारतको योगदानको स्मरण गर्दै प्राविधिक तथा आर्थिक विकासमा पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका हुन् ।
पूर्वराष्ट्रपति डा. यादवले भने, “नेपाल–भारतबिचको धार्मिक, सांस्कृतिक रूपमा एतिहासिक सम्बन्ध रहेको छ । स्वास्थ, भौतिक पूर्वाधारदेखि शिक्षा र प्राविधिक क्षेत्रमा पुर्याएको योगदान महत्त्वपूर्ण छ ।”










प्रतिक्रिया दिनुहोस्