काठमाडौँ, २४ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र सिद्धान्तका आधारमा नेकपा नै नयाँ पार्टी भएको दाबी गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी सल्यान सम्पर्क समितिले शुक्रबार आयोजना गरेको निर्वाचन परामर्श कार्यक्रममा उहाँले नयाँ र पुरानाको निधो विचार, एजेन्डा र संघर्षले गर्ने बताए । संयोजक दाहालले नयाँ दल भन्नेले जनतासामु पार्टीको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए । उनले नयाँ आन्दोलन र मुद्दाको नेतृत्व गर्ने पार्टीलाई पुरानो भनेर लगाइएको आरोप नै गलत भएको बताए ।
संयोजक दाहालले भने, ‘गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छ ? आजको सबैभन्दा नयाँ विचार गणतन्त्र हो । त्यसको नेतृत्व नेकपाले गरेको हो । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र उत्पीडित वर्ग र समुदायलाई पहिचान र अधिकार दिनेभन्दा नयाँ नारा कसैले ल्याएको छ ?,’ ।










प्रतिक्रिया दिनुहोस्