काठमाडौँ, २५ माघ । बैतडीमा ईभीको गाडी (हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो ।
गाडीमा चालक दोगडाकेदार-५ का मदन ठगुन्ना मात्रै रहेको र उनको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
हाइस सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्