काठमाडौँ, २५ माघ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगरमा रहेको एक पोखरीबाट एक पुरुषको शव फेला परेको छ ।
स्थानीय राधेश्याम साहका अनुसार आज बिहान पोखरीतर्फ जाँदा पानीमा शव तैरिरहेको अवस्थामा देखिएको थियो। त्यसपछि आसपासका बासिन्दा जम्मा भई प्रहरी चौकी चेतनगरमा जानकारी गराइएको उनले बताए ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चेतनगरबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक मुचुल्का तथा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्