काठमाडौँ, २५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।
विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा प्रहरीले अस्ति शुक्रवार प्रसाईंलाई पक्राउ गरी म्याद थपका लागि अदालत उपस्थित गराएको थियो । तर अदालतले हाजिर जमानीमा छाड्न आदेश दिएको साइबर ब्युरोले जनाएको छ ।
विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि निर्वाचन आयोगले पत्र पठाएको प्रहरीको दाबी छ । प्रसाईंलाई पर्साको वीरगञ्जमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रहरीले काठमाडौँको दक्षिणकाली नगरपालिकाकाे चाल्नाखेलबाट पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्