अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, २७ माघ । नेपाली बजारमा मंगलबार  सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो । 

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ ।