मोरङ, २७ माघ । पेस्तोल र वाकिटकीसहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारी मोरङले मोरङको सुन्दरहरैचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरुबाट मेड इन युएस लेखिएको पेस्तोल एक थान, वाकिटकी २ थान र भरुवा बन्दुकजस्तो देखिने काठको हतियार १ थान बरमद भएको छ ।










प्रतिक्रिया दिनुहोस्