काठमाडौँ, २७ माघ । डडेल्धुरामा १५ वर्षीया बालिकाको बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डडेल्धुरा प्रहरीका अनुसार अमरगढी नगरपालिका-११ का २९ वर्षीय सुरेश सार्कीलाई सोमबार साँझ पक्राउ गरिएको हो ।
सुरेशले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्