काठमाडौँ, २८ माघ । जेनजी प्रदर्शन हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरबाट भागेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका ३१ वर्षीय डिल्लीबहादुर कटुवाल छन् ।
उनलाई आज सशस्त्र प्रहरी बलको इन्टेलीजेन्स ब्युरोको टोलीले गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो । आरोपीको साथबाट ६ ग्राम ६५ मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरिएको छ ।
आरोपीको साथबाट सशस्त्रले लागुऔषध तौलिने मेशिन पनि बरामद गरेको छ । यसअघि २०८२ साउन २७ मा सशस्त्रले उनलाई २९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेर बुझाएको थिए । त्यसबेला अनुसन्धानको क्रममा रहेका उनी जेनजी आन्दोलनमा बानेश्वर वृत्तको हिरासतबाट भागेका थिए ।










प्रतिक्रिया दिनुहोस्